डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका दुई समूहबीच झडप भएको छ।
काठमाडौँ– डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका व्यक्तिहरूबीच झडप भएको छ। यार्सागुम्बा संकलनका क्रममा दुई समूहबीच सीमा विवादको शनिबार दिउँसो झडप भएको हो।
पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीय यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भएको थियो। सोही क्रममा भई छ-सात सय जनाको संख्यामा रहेका उनीहरूबीच झडप भएको हो।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ।
झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
