बालुवाटारमा जारी गठबन्धनको बैठकमा माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख तीन पार्टीले बाँडफाट गर्नुपर्ने अर्को प्रस्ताव राख्ने भएका छन्।
काठमाडौँ– बालुवाटारमा जारी गठबन्धनको बैठकमा माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख तीन पार्टीले बाँडफाट गर्नुपर्ने अर्को प्रस्ताव राख्ने भएका छन्।
बिहान बसेको माओवादीको पदाधिकारी बैठक र समाजवादीको आन्तरिक छलफलमा यो प्रस्ताव राख्नुपर्ने धारणा राखेका थिए। सोही अनुसार अहिलेको बैठकमा प्रस्ताव राख्ने तयारी छ।
तीन प्रमुख पदमा भागबन्डा हुदा पहिला कांग्रेसले एक पद रोज्नुपर्ने र बाँकी दुई पद माओवादी र समाजवादीलाई दिनुपर्ने प्रस्ताव छ। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी नछाड्ने अवस्था देखिएपछि माओवादी र समाजवादीले यो विकल्पको प्रस्ताव राख्ने तयारी गरेका हुन्।
यद्दपी यसमा सहमति हुन्छ वा हुँदैन टुंगो लागेको छैन। बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
