युक्रेनले अझै पनि बन्दी बनाइएका सबै नागरिकहरूको फिर्ता सुरक्षित गर्न आफ्नो कूटनीतिक प्रयास जारी राख्ने जनाएको छ।
इस्तानबुलमा हालै सम्पन्न वार्तामा भएको सहमति अनुसार रुस र युक्रेनले ठूलो संख्यामा कैदी आदनप्रदान गरेका छन् ।
रुसी रक्षा मन्त्रालयका अनुसार सहमतिपछि रुस र युक्रेनले शनिबार ३०७ जना कैदी आदानप्रदान गरिएको हो।
मन्त्रालयले ३०७ जना रुसी सैनिक कीभ–नियन्त्रित क्षेत्रबाट फर्केका बताएको छ। जबकि त्यति नै संख्यामा युक्रेनी कैदीहरूलाई रिहा गरिएको छ।
रुसी पक्षले शुरू गरेको ठूलोस्तरको आदानप्रदान जारी रहने अपेक्षा गरिएको छ। प्रत्येक पक्षबाट २७० सैनिक र १२० नागरिकको आदानप्रदानपछि कैदी रिहाको प्रक्रिया शुरू भएको हो।
रुसी रक्षा मन्त्रालयका अनुसार, २७० रुसी सैनिक र १२० नागरिक किभ नियन्त्रित क्षेत्रबाट फर्किएका थिए । साथै समान संख्यामा युक्रेनी कैदी र नागरिकहरूलाई रिहा गरिएको थियो ।
मन्त्रालयले भनेको छ कि मुक्त गरिएका रुसी कैदी हाल बेलारुस गणतन्त्रमा छन्। जहाँ उनीहरूले आवश्यक मनोवैज्ञानिक सहयोग र चिकित्सा सहायता पाइरहेका छन्।
युक्रेनले अझै पनि बन्दी बनाइएका सबै नागरिकहरूको फिर्ता सुरक्षित गर्न आफ्नो कूटनीतिक प्रयास जारी राख्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए।
रुस र युक्रेन गत हप्ता इस्तानबुलमा वार्तापछि प्रत्येकले १ हजार कैदी आदानप्रदान गर्न सहमत भएका थिए। जुन २०२२ मा द्वन्द्व शुरू भएदेखि सबैभन्दा ठूलो कैदी आदानप्रदान हो।(सीसीटीभीप्लस)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
