इलाममा विषाक्त च्याउ खाएका ३ जनाको मृत्यु

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

झापा– विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो।

बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए। 

मनीषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो। लावतीको आइतबार बीएनसी अस्पतालमा मृत्यु भएको हो।