सहकारी र फार्मले दूध नल्याएपछि आफैँले दूध किनेर उद्योग सञ्चालन गर्ने योजना बनाए पनि दूध पाउन नसकिएको प्रबन्धक दुर्गा पराजुलीको भनाइ छ।
चितवन– दुग्ध उत्पादक सहकारी संस्था र फार्मको दूध प्रशोधन गर्दै आएको ‘चितवन मिल्क उद्योग’ बन्द भएको छ। दूध नपाएपछि वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो।
उद्योगमा सहकारी संस्था र फार्मले बिक्री नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्ने गर्दछन्। भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न संघसंस्थालाई दूधका लागि आग्रह गरिए, तर प्राप्त गर्न नसकिएको बताए। एक पटक मेसिन सञ्चालन गर्न कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्छ। उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ। देशभरका ३० संस्थाले यहाँ प्रशोधनका लागि दूध ल्याउने गर्थे।
सहकारी र फार्मले दूध नल्याएपछि आफैँले दूध किनेर उद्योग सञ्चालन गर्ने योजना बनाए पनि दूध पाउन नसकिएको प्रबन्धक पराजुलीको भनाइ छ। गत आर्थिक वर्षमा पनि फागुनदेखि भदौसम्म उद्योग बन्द थियो। त्यसअघिका वर्षमा भने यो मौसममा दूधको अभाव नभए पराजुली बताउँछन्। ती वर्षमा असार १५ देखि साउन मसान्तसम्म दूध अभाव हुने गरेको उनको भनाइ छ।
उद्योगमा ३४ कर्मचारी कार्यरत छन्। उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख हाराहारी खर्च हुने प्रबन्धक पराजुली बताउँछन्। उद्योगमा अहिले १५ किलोका नौ हजार ब्लक नौनी र १२ हजार बोरा धुलो दूध बाँकी छ।
उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको ११३ र घ्यू (बटर)को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
