अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिबारे जानकारी दिने ब्रिटिस अर्थशास्त्री इमन बट्लरको पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिबारे जानकारी दिने पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा अनुवाद भई प्रकाशित भएको छ। ब्रिटिस अर्थशास्त्री इमन बट्लरको यो पुस्तक सुरथ गिरीले नेपाली भाषामा अनुवाद गरेका हुन्।
यो इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्स लन्डनले सन् २०२१ मा प्रकाशन गरेको ‘एन इन्ट्रोडक्सन टु ट्रेड एन्ड ग्लोबलाइजेसन्’को नेपाली अनुवाद हो। समृद्धि फाउन्डेसनसँगको सहकार्यमा यस पुस्तकलाई वी रिडले प्रकाशन गरेको हो।
अन्तर्राष्ट्रिय अर्थतन्त्रका आधारभूत सिद्धान्त र व्यापारका संरचना साथै व्यवस्थापनसम्बद्ध सार्वजनिक बहसमा रुचि राख्नेहरूका लागि पुस्तक रुचिकर हुनसक्छ। ढुंगेयुगको व्यापारदेखि विश्वव्यापी मूल्य शृङ्खला र बहुराष्ट्रिय कम्पनीहरूको शक्तिबारे पनि अध्ययन गरिएको पुस्तकलाई सरल भाषामा अनुवाद गरिएकाले अर्थशास्त्रमा रुचि राख्ने विद्यार्थीका लागि पनि उपयोगी बन्न सक्छ।
ब्रिटिस अर्थशास्त्री बट्लर एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक र निर्देशक हुन्। यो संस्था बजार आर्थिक नीतिसम्बन्धी बेलायतको प्रमुख थिंकट्यांक पनि हो। सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका उनले विद्यावारिधि पनि सोही विश्वविद्यालयबाट पूरा गरेका हुन्।
एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक र लुडविग भान मिजेसका विचार समाविष्ट पुस्तक पनि उनले प्रकाशन गरेका छन्। उनी ‘दि कन्डेन्स्ड वेल्थ अफ नेसन्स’ र ‘दि बेस्ट बुक अन दि मार्केट’ जस्ता कैयौँ पुस्तकका लेखकसमेत हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
