रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ।

सुर्खेत– जाजरकोट केन्द्रबिन्दु भएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए।

जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए। उनका अनुसार यो पराकम्प हो।