सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको हो।
आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा सात अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैंकिङ समूह ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। विकास बैंक ०.२७, वित्त ०.१२, होटल तथा पर्यटन ०.९१, जलविद्युत् ०.०६ र लगानी समूह ०.१५ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बीमा ०.२०, लघुवित्त १.५०, म्युचुअल फन्ड ०.०८, निर्जीवन बीमा ०.३२, व्यापार ०.१३ र अन्य समूह ०.४८ प्रतिशतले घटेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ६४ करोड ३१ लाख ५० हजार ९०० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावरको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
