देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टीविशेषबाट क्षेत्र कब्जामा लिनु विधिको शासन विपरीत हुने आयोगको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। ‘राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति’ले काठमाडौँमा गर्न लागेको ‘जनआन्दोलन’का सन्दर्भमा प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
“...सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” आयोगका तर्फबाट सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलबाट सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले देशको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टीविशेषबाट क्षेत्र कब्जामा लिनु विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु रहेको बताएको छ। नेपालको संविधान र कानूनले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न निषेध नगरेको भए पनि अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक रहेको आयोगको भनाइ छ।
“अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ।”
आयोगले जिम्मेवार व्यक्तिहरूलाई आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरू व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायलाई राजधानीलगायतका क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन तथा सबै पक्षलाई आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
