अदालतले पोखराको इमेज सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
काठमाडौँ– अदालतले पोखराको इमेज सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
कास्की जिल्ला अदालतका न्यायधीश हिमलाल बेल्बासेको इजलासले सोमबार इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेका नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
उनीलगायतका व्यक्तिमाथि सहकारीका बचतकर्ताको दुई अर्बभन्दा बढी रकम अपचलनको अभियोग छ। नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध एक हजार ४८१ जना बचतकर्ताले उजुरी दर्ता गराएका छन्।
बागलुङमा मात्रै सहकारीले ८०० शेयर सदस्य र तीन हजार २०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
