बालुवाटारमा प्रचण्डको घोषणा- ‘सत्ता गठबन्धन टुट्यो’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटको अवस्थामा पुगेको बताएका छन्। कांग्रेस र माओवादीका शीर्ष नेताले आआफ्नो अडान नछोडेपछि गठबन्धन संकटमा परेको उनले बताए।

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटको अवस्थामा पुगेको बताएका छन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नै पहिले प्रधानमन्त्री हुने अडान कायम राखेपछि सहमति हुन नसकेको पौडेलले बताए। 

पौडेलले भने, “बालुवाटारमा भएको सत्ता गठबन्धन बैठकमा देउवा र दाहाल दुवैले पहिले प्रधानमन्त्री हुने अडान छोड्नु भएन। प्रचण्ड गठबन्धन टुटेको घोषणा गदै बैठकमा बाहिरिनु भो।”