राजेन्द्र लिङ्देन र रवि लामिछाने बालकोटमा

सत्ता गठबन्धन फुटको संघारमा पुगेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले सक्रिय भएको छ।

काठमाडौँ- सत्ता गठबन्धन फुटको संघारमा पुगेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले सक्रिय भएको छ। 

सत्ता गठबन्धनको साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटेको घोषणा गर्दै बालुवाटारबाट निस्किएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीका नेताहरूसँग छलफल तीव्र पारेका छन्। 

ओलीले आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बालकोट बोलाएर छलफल थालेका छन्। 

लिङ्देन छलफल सकेर बालकोटबाट निस्किएका छन् भने लामिछाने बालकोटमै छन्।