बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो।

बाजुरा– जगन्नाथ गाउँपालिकामा भएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिपचालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुईजना घाइते भएका छन्। उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ। 

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो।