नेप्से परिसूचक मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार झिनो अंकको सुधार देखिएको छ। सोमबार ५.२१ अंकले घटेर बन्द भएको नेप्से परिसूचक मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार आज ३१८ वटा कम्पनीको शेयर कारोबार भएको छ। यीमध्ये १६१ कम्पनीको शेयर कारोबार घटेको छ भने ८५ वटाको बढेको छ। एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर ५९ हजार ६३३ पटक खरिदबिक्री भयो।
जसबाट ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको शेयर कारोबार भयो। आजको कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब हाराहारीले कमी हो। सोमबार सात अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आजको कारोबारमा बैंकिङ समूह ०.४, विकास बैंक १.६६, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२९, म्युचुअल फन्ड ०.१९ र व्यापार समूहको उपसूचक ०.९५ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
वित्त ०.६१, होटल तथा पर्यटन ०.०९, लगानी ०.२६ र जीवन बीमा समूहको उपसूचक ०.५४ प्रतिशतले घटेको छ। त्यस्तै, लघुवित्त १.१३, निर्जीवन बीमा ०.५५ र अन्य समूह ०.२० प्रतिशतले घटेको छ।
कर्पोरेट डेभेलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभेलपमेन्ट र भूगोल इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मूल्य सबैभन्दा धेरै गुराँस लघुवित्तको शेयर ७.०९ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावरको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँ बराबरको १४ लाख ३४ हजार ३४१ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
