प्रमुख प्रतिपक्षीलगायत दलका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले मंगलबार अपराह्न सूचना टाँस गरेर बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको जानकारी दिएको हो।
मंगलबार ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदले विरोध जनाएका थिए। उनीहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बैठकमा अवरोध गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसँग जोडेर आएका विषयलाई लिएर प्रमुख प्रतिपक्षीलगायत दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्।
प्रतिपक्षी दलको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि पनि बैठक बस्ने स्थिति नबनेपछि सूचना टाँसेर पुनः २.३० बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको थियो।
यसबीचमा संसद्को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले पहल गरेका थिए। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच सभामुख घिमिरेले छलफल गरेका थिए। यद्यपि सहमति नजुट्दा बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको हो।
“...प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८२ साल जेठ १४ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
