अख्तियारको टोलीले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले उनलाई मंगलबार धनुषाको जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरेको हो।
प्रदेश सांसद सिंहले उपभोक्ता समिति गठन गरेको देखाई ती उपभोक्ता समितिका खाताको रकम निजी सचिव कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको खातामा बैंक जम्मा गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। अख्तियारको टोली सांसद सिंहले प्रयोग गर्ने विद्युतीय उपकरणसमेत कब्जामा लिएको छ।
“निज मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहको साथमा रहेको प्रयोग गरी आएको विद्युतीय उपकरणसमेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,” प्रवक्ता थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
