खत्याड गाउँपालिका–५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्लाको कनका सुन्दरी गाउँपालिका–३ का बमबहादुर बुढाले सामूहिक आलुखेती गरेका छन्।
मुगु– सामूहिक आलुखेती गरेका खत्याड गाउँपालिकाको क्यातडीका युवाले आलुले बजार पाउन सकेको छैन। सात रोपनी जग्गामा फलेको आलु बिक्री नहुँदा कुहिएर जाने हो कि भन्ने चिन्तामा उनीहरू रहेका छन्।
खत्याड गाउँपालिका–५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्लाको कनका सुन्दरी गाउँपालिका–३ का बमबहादुर बुढाले सामूहिक आलुखेती गरेका छन्। बाँझो र बाँदर लाग्ने जग्गामा उनीहरूले आलु फलाएका हुन्। “बाँझो जमिन जोतेर दुःखले आलु फलाएका छौँ। अहिले बिक्री नहुँदा कुहिएर जाने सम्भावना भयो,” अनन्तले भने, “लगानी र मिहिनेत खेर जाने भयो।”

अहिले आलु ४० रुपैयाँ प्रतिकिलोका दरले अलिअलि बिक्री भइरहेको उनले बताए। “तर सबै आलु बिक्री हुने सम्भावना छैन,” अर्का कृषक बमबहादुर भन्छन्, “बजारका लागि सरकारले पहल गरिदिनुपर्यो।”
गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बजारको खोजी गरिदिने प्रतिबद्धता जनाएकाले भने उनीहरू आशावादी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
