सुनसरीको तिरुपति काठ उद्योगमा आगलागी

बुधबार बिहान साढे दुई बजेदेखि लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

इटहरी– सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति उड प्यानल इन्डस्ट्री (काठ उद्योग)मा आगलागी भएको छ। 

बुधबार बिहान साढे दुई बजेदेखि लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

उनका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ। आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहबी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ।