ओली निवास बालकोट पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। 

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। 

बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकमा गठबन्धन टुटेको घोषणा गरी निस्किएका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन्।

नेकपा विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन्।