पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

फाइल तस्वीर।

दाङ– राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी केशर न्यौपानेका अनुसार बुधबार बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो। एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी रहेको उनले बताए। 

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन्। साना सवारीलाई कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।