कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

बुधबार बिहान ११:५६ बजे फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ– कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ।

नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।