लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो।
काठमाडौँ– लाहिरू मिलन्थाको अर्धशतक प्रेरित लुम्बिनी अलस्टारले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई ४ रनले पराजित गरेको हो।
लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि हुसेन तलातले सर्वाधिक ३९ रन बनाए। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए।
उपकप्तान रोहितकुमार पौडेलले २७ बलमा ३ चौकासहित २५ रन बनाए। उनीहरूबाहेक अन्य खेलाडीले सन्तोषजनक रन बटुल्न सकेनन्। पृथु बास्कोटाले १८, सिकन्दर राजाले १७, विकेट यादवले १२, कप्तान आन्द्रे म्याकार्थीले ११ र अर्जुन साउदले १० रन बनाए। यस्तै, गौरान्सु शर्मा ८ रनमा आउट भए। लुम्बिनीका लागि किशोर महतोले ४ ओभरमा १८ रन खर्चिएर सर्वाधिक २ विकेट लिए।
प्याट ब्रोन, गुलसन झा, सागर ढकाल र दीपेन्द्रसिहं ऐरीका नाममा समान १/१ विकेट रह्यो। त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो। लुम्बिनीका लागि लाहिरू मिलन्थाले अविजित रहँदै ८० रन बनाए।
उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै, कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाए। कप्तान दीपेन्द्रसिहं ऐरी १६, विपुल शर्मा ११, अनिल शाह ६, गुलशन झा ४ र उन्मुक्त चन्द २ रनमा आउट भए। विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए।
लगातार दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनीले पहिलो खेलमा फारवेस्टन युनाइटेडलाई ६७ रनले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
