बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २,६९३.०६ को विन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २,६९३.०६ को विन्दुमा कायम भएको हो।
आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार ५४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५८ करोड ६० लाख ४००० रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा जीवन बीमा समूह ०.२४, लघुवित्त ०.२६, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.०६ प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ।
बैंकिङ १.८८, विकास बैंक १.२९, वित्त ०.१८, होटल तथा पर्यटन ०.८१ र जलविद्युत् समूह ०.८९ प्रतिशतले बढेको छ। त्यस्तै लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५, म्युचुअल फन्ड ०.११ र व्यापार समूह ०.०३ प्रतिशतले बढेको छ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
