गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै आफू पदबाट राजीनामा नदिने कुरा दोहोर्याएका छन्।
काठमाडाैँ– गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै आफू पदबाट राजीनामा नदिने कुरा दोहोर्याएका छन्।
भिजिट भिसाका विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग उठिरहेको छ। यही विषयलाई लिएर विपक्षी दलका नेताले संसद अवरुद्ध गर्दा आजको प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो। बैठकमा बोल्न नमिलेपछि पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले आफ्नो भनाइ राखेका हुन्।
"एक जना कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा मन्त्रीले राजीनामा गर्दै जाने विधि र पद्धति स्थापित गर्ने हो त? त्यसो त होइन होला। त्यसरी शासन व्यवस्था राज्य व्यवस्था चल्छ? चल्दैन नि," उनले भने, "त्यो पनि मेरो मातहतको मन्त्रालयले अनुसन्धान गरिरहेको होइन। देशको सर्वाधिक विश्वासिलो निकायले अनुसन्धान गरिरहेको हो।" कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक पूर्वाग्रह राख्न नहुने उनको भनाइ थियो।
राजीनामाका विषयमा यसअघि पनि उनको यही अडान थियो। उनले आफूमाथि न कतै उजुरी परेको, न छानबिन भइरहेको अवस्थामा राजीनामा दिनुपर्ने अवस्था नरहेको भन्दै राजीनामा दिन आवश्यक नरहेको जिकीर गरे।
साथै, उनले अख्तियारको अनुसन्धानमा आफूसहित आफ्नो मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
