पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा कमब्याक गर्दै ४ गोल गरेको थियो।
काठमाडौँ– युईएफए कन्फरेन्स लिगको उपाधि चेल्सीले जितेको छ।
बुधबार राति सम्पन्न फाइनलमा रियल बेटिसलाई ४-१ ले पराजित गर्दै चेल्सी कन्फेरेन्स लिग च्याम्पियन बनेको हो।
चेल्सी पहिलो हाफमा १-० ले पछि परेको थियो। दोस्रो हाफमा कमब्याक गर्दै ४ गोल गरेको थियो।
रियल बेटिसका लागि अबडे इजालजोउलीले नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। चेल्सीका लागि इन्जो फर्नानडेज, निकोलस ज्याक्सन, जाडोन सान्चो र मोइयस काइसेडोले गोल गरे। चेल्सीले सबै गोल ६५ मिनेटपछि गरेको हो।
योसँगै चेल्सी युईएफएको च्याम्पियन्स लिग, युरोपा लिग, कन्फेरेन्स कप, सुपर कप र कप विनर्स कप जित्ने पहिलो क्लब बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
