पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ।

बागमती– मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुंगासहित सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। बिहीबार बिहान ३ बजे पहिरो खसेको उनले बताए।