संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको बताएका छन्।
काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन्।
संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको बताए। “यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ। चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ,” उनले भने।
प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको उनले उल्लेख गर्दै उनले भने, “चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ।’ उनले देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको पनि जानकारी गराए।
उनले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको बताए।
“यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ। प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक ५१७ अमेरिकी डलर पुगेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
