बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ।
काठमाठौँ– मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्ने निर्णय गरेको हो।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेश गर्ने गरेका थिए।
आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ। प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदरभन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
