बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताएका छन्।
काठमाडौँ– सरकारले जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानून पुनरावलोकन गर्ने भएको छ।
बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताए।
“उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने छ” उनले भने, “अनुमति प्राप्त गरी निर्माण सम्पन्न भएका तर हदबन्दीका कारण बिक्री हुन नसकेका हाउजी तथा अपार्टमेन्टहरू बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ।”
त्यस्तै, सरकारले काठमाडौँ उपत्यकामा प्रदूषण न्यूनीकरणका लागि उद्योगहरूलाई बाहिरी जिल्लामा स्थानान्तरण गर्नका लागि प्रोत्साहन गर्ने जनाएको छ। अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगहरूलाई बाहिरी जिल्लामा स्थानान्तरण गर्नका लागि प्रोत्साहन गर्ने बताएका हुन्।
“काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्न प्रोत्साहित गरिने छ,” उनले भने। यस्ता उद्योगहरूलाई निःशुल्क जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
