सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ।
काठमाडौँ– सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन्।
“कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिकका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ। कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरिएको हो। सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ,” उनले भने।
नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ। जसमा सरकारले बर्सेनि अर्बौं रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ। नेपालमा रासायनिक मलको कारखाना खोल्ने सन्दर्भमा ‘डीआइएजी इन्डस्ट्रिज जीएमबीएच’ले सम्भाव्यता अध्ययन गरेको छ। मंगलबार बसेको लगानी बोर्डको बैठकले सोही सम्भाव्यतालाई टेकेर उपयुक्त सुझाव दिन कार्यदल गठन गरेको छ।
चैते धान उत्पादनका लागि ३३ करोड बजेट
सरकारले चैते धानखेतीलाई प्रवर्द्धन गर्नका लागि ३३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री पौडेलले चैते धानखेतीलाई प्रवर्द्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन्।
“चैते धान खेतीलाई प्रवर्द्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेका छौँ। सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ,” उनले भने। सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धानखेतीलाई प्रवर्द्धन गर्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
