चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रो पटक संशोधन गरेको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रो पटक संशोधन गरेको छ। गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत आय र व्ययको अनुमान संशोधन गरेको सरकारले अहिले फेरि संशोधन गरेको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै चालु आर्थिक वर्षको सरकारको आय र व्यय संशोधन गरिएको बताए।
अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा यस वर्ष वार्षिक विनियोजनको ८९.४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान गरिएको छ।
चालु खर्चतर्फ विनियोजनको ८८.५ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ८४.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ विनियोजनको ९७.६ प्रतिशत रहने संशोधन गरिएको अर्थमन्त्री पौडेलले बताए। सरकारले चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन गरेको थियो।
अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्ष राजस्व परिचालन १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने अनुमान गरिएको छ। यस वर्ष रू १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने सरकारको लक्ष्य थियो।
त्यसैगरी, वैदेशिक अनुदान र ऋण प्राप्ति पनि घट्न देखिएको छ। चालु आवका लागि ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य रहेकोमा अहिले त्यसलाई संशोधन गरेर ३४ अर्ब ८९ करोड बराबर मात्रै वैदेशिक सहायता अनुदान उपलब्ध हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।
चालु आर्थिक वर्षका लागि वैदेशिक ऋण एक खर्ब ६९ अर्ब साठी करोड बराबर परिचालन गरिने संशोधित अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
