बीमाको हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए।
काठमाडौँ– स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो।
संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेट पेश गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने बताउँदै कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने बताए। उनले स्वास्थ्य बीमाको दायरा विस्तार गरिने बताए। गत आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट छुटाइएको थियो।
“बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिनेछ। बीमितलाई फरफारक योजनाको सुविधा उपलब्ध गराइनेछ। बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ,” उनले भने।
त्यसैगरी, हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
