विद्युतीय सवारीसाधनको कर यथावत्

सरकारले विद्युतीय सवारीसाधन (ईभी)को आयातमा लाग्दै आएको करको दरलाई आगामी आर्थिक वर्षका लागि पनि यथावत् राखेको छ।

काठमाडौँ– सरकारले विद्युतीय सवारीसाधनको आयातमा लाग्दै आएको करको दरलाई आगामी आर्थिक वर्षका लागि पनि यथावत् राखेको छ। 

कर बढाउने चर्चाका बीच ईभीको आयात उल्लेख्य बढे पनि चालु आर्थिक वर्षकै दरलाई निरन्तरता दिइएको हो। 

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न, वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युत्को आन्तरिक खपत बढाउन त्यस्ता सवारीसाधनमा लगाइएको सबै प्रकारको कर तथा महसुललाई यथावत् राखिएको अर्थमन्त्री पौडेलले बताए।

यो पनि : भन्सार महसुल बढ्ने चर्चाले ईभी आयात उच्च, ‘स्टक’ रहने गाडीको मूल्य के होला?