मिलेर सरकार बनाउने ओलीको प्रस्तावबारे जसपामा छलफल

बालकोटमा ओलीले आफूहरूलाई मिलेर सरकार बनाउन गरेको प्रस्तावबारे पार्टीमा छलफल शुरू गरेको जसपाका नेता अशोक राईले बताए।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार बनाउने प्रस्ताव राखेपछि जनता समाजवादी पार्टी(जसपा)का नेताहरू छलफलमा जुटेका छन्। 

बालकोटमा ओलीले आफूहरूलाई मिलेर सरकार बनाउन गरेको प्रस्तावबारे पार्टीमा छलफल शुरू गरेको जसपाका नेता अशोक राईले बताए। “ओलीजीले हामीलाई मिलेर नयाँ सरकार गठन गरौं भन्नु भएको छ। त्यसबारे हामीले संस्थागत छलफल शुरू गरेका छौँ”, राईले भने।

बालकोटमा अहिले नयाँ गठबन्धनको सरकार निर्माणका लागि कसरत भइरहेको छ। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू छलफल गरिरहेका छन्।

ओलीको प्रस्तावपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक छलफलमा जुटेको छ।