दक्षिण अफ्रिकाको अदालतले बिहीबार एक महिलालाई आफ्नी ६ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ।
दक्षिण अफ्रिकाको अदालतले बिहीबार एक महिलालाई आफ्नी ६ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ। अभियोजकले ती बालिकालाई उनको आँखा र गोरो रङका लागि आफ्नै आमाले परम्परागत उपचारकर्तालाई बेचेको अभियोग लगाएका थिए। यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो।
जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट १३५ किलोमिटर (८५ माइल) उत्तरमा रहेको माछा मार्ने शहर सल्दान्हा खाडीमा रहेको आफ्नो घरबाट बेपत्ता भएकी थिइन्। उनी बेपत्ता भएपछि राष्ट्रव्यापी रूपमा ठूलो खोजी अभियान चलेको थियो। उनकी आमा राकेल ‘केली’ स्मिथले शुरूआती दिनमा देशभरबाट धेरै सहानुभूति प्राप्त गरेकी थिइन्। जसलिन अहिलेसम्म फेला परेकी छैनन्।
राकेललाई ती बालिकालाई अपहरण गरेर बेचेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो। रिपोर्टका अनुसार उनले छोरीलाई २० हजार र्यान्ड (एक हजार १०० डलर)मा बेचेकी थिइन्।
न्यायाधीश नाथन इरास्मसले ३५ वर्षीया राकेल र उनका दुई सह–अभियुक्त–एक प्रेमी र आपसी साथीलाई पनि मानव बेचबिखनका लागि आजीवन कारावासको सजाय सुनाएका हुन्। ती सबैलाई अपहरणको आरोपमा थप १० वर्षको जेल सजाय सुनाइएको छ।
“म तपाईंहरूको नाम बाल संरक्षण दर्तामा समावेश गर्न आदेश दिन्छु”, इरास्मसले फैसला सुनाए। राकेल पनि अदालतमा उपस्थित थिइन्। एक घण्टाको सुनुवाइका क्रममा उनी निष्क्रिय दृष्टिले बसिरहिन्।
यो मुद्दा राष्ट्रव्यापी चर्चाको विषय बनेको थियो। एक मन्त्रीले उनको सुरक्षित फिर्तीका लागि १० लाख र्यान्ड (५४ हजार डलर) पुरस्कारको घोषणासमेत गरेका थिए।
अभियोजकले स्मिथले आफ्नी छोरीलाई एक परम्परागत उपचारकर्तालाई बेचेको आरोप लगाएपछि मुद्दाले फरक मोड लियो। ती व्यक्तिले उनका आँखा र गोरो रङमा चासो राख्थे। बेपत्ता भएपछि इन्टरनेटमा सार्वजनिक भएका तस्वीरमा जोसलिनको आकर्षक हरियो आँखा देख्न सकिन्छ।
विश्वकै सबैभन्दा बढी अपराध दर भएको दक्षिण अफ्रिकामा बालबालिकाको अपहरण बढ्दै गएको छ। रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
