भारतको सिक्किम तथा भुटान र बांग्लादेशको पूर्वी भूभागसम्म मनसुन आइपुगेको र यसै साताको अन्त्यसम्म पूर्वी भूभागबाट नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ।
काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
भारतको सिक्किम तथा भुटान र बांग्लादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै साताको अन्त्यसम्म पूर्वी भूभागबाट नेपाल प्रवेश हुने देखिएको छ।
दिउँसो कोशी, मधेश र गण्डकीसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ। कोशी र बागमतीका उच्च-पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
