पहिलो क्वालिफायरमा पन्जाब किंसलाई ८ विकेटले हराउँदै बैंगलुरु फाइनलमा पुगेको हो। १०२ रनको विजयी लक्ष्य बैंगलुरुले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– रोयल च्यालेन्जर्स बैंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा पुगेको छ।
बिहीबार पहिलो क्वालिफायरमा पन्जाब किंसलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो। जितका लागि पाएको १०२ रनको लक्ष्य बैंगलुरुले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
बैंगलुरुका फि साल्ट ५६ रन तथा कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे। विराट कोहलीले १२ रन बनाए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पन्जाबले निराशाजनक ब्याटिङ गर्यो। पन्जाबले १४.१ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो।
मार्कस स्टोनिसले सबैभन्दा बढी २६ तथा प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओम्रजाइले समान १८ रनको योगदान दिए।
बैंगलुरुका लागि सुयष शर्मा र जोश हेजलउडले समान ३–३ विकेट लिए। पन्जाबले अब फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। शुक्रवार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
