चार लेनमा विस्तार हुँदैछ मुग्लिन-पोखरा सडक [तस्वीरहरू]

तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वीखण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिमखण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– काठमाडौँलाई पोखरासँग जोड्ने मुग्लिन-पोखरा सडकलाई चार लेनमा विस्तार गर्न लागिएको छ।

यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वीखण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिमखण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो।

पूर्वीखण्डमा ८० प्रतिशत र पश्चिमखण्डमा ५० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार भइरहेको हो।