प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दी पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन्।
काठमाडौँ– हिमाल पारीको जिल्ला मुस्ताङ प्राकृतिक र सांस्कृतिक रूपमा धनी छ। यहाँ घुम्नलायक थुप्रै ठाउँ छन्। ती स्थानमा घुम्न र संस्कृतिको अध्ययन अवलोकनका लागि स्वदेशीसँगै विदेशी पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।

अपर मुस्ताङ, ल्होमान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन्। लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा जगेर्ना गर्दै आएका छन्।
प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दी पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन्। मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ।

मुस्ताङका तालहरू निकै सुन्दर छन्। साथै यहाँका संग्रहालयले पनि आगन्तुकलाई पर्याप्त जानकारी दिन्छन्।
मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालको अवलोकन गर्न सकिन्छ। दिउँसो १२ बजेपछि भने हावा चल्न थाल्छ र हिमाल तुवाँलोले ढाकिँदै जान्छन्। जलवायु परिवर्तनका कारण हिमाल नांगिदै गएकोमा स्थानीयका साथै पर्यटक पनि चिन्ता व्यक्त गर्छन्।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
