मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
बनियानी– अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
एशियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
बाढीले सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए। सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकडभिट्टा बसपार्कमा आउने वैकल्पिक रुट प्रयोगमा ल्याइएको छ। सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।
यता, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने विभागले जनाएको छ। शनिबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
