सप्तरीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ।
सप्तरी– सप्तरीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ।
आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लीलबहादुर मगरले बताए।
बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाहीँ खेतमा बनाएको टौवा (छाप्रो)मा नै सुत्ने गरेकामा शनिबार हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए।
“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ। बिहान टौवानजिक भुईँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ,” मगरले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
