रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीले ११ वटा गाउँलाई पूर्ण रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।
रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीले ११ वटा गाउँलाई पूर्ण रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।
सुमीको प्रशासनका अनुसार बमबारीका कारण सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनमाथि निरन्तरको खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ।
हालैका हप्तामा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँ कब्जामा लिएको दाबी गरेको छ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सम्भावित आक्रमणको तयारीस्वरूप ५० हजारभन्दा बढी सैनिक जम्मा गरिरहेको बताएका छन्।
युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’को तयार रहेको बताएका थिए।
गत वर्ष कुर्स्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाको लडाइँ भएको थियो। यस घटनापछि रुसी सेनाको संख्या सीमा क्षेत्रमा बढ्न थालेको उनले बताए।
रुसले हालै कुस्र्कको लगभग सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिएको छ।
सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण शुरू गरेको रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ। जारी द्वन्द्वका कारण दुवै पक्षका दशौँ हजार सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।
वासिङ्टनले युद्धविरामका लागि कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ। तर किभ र मस्कोले एकअर्कालाई शान्तिका लागि तयार नभएको आरोप लगाउँदै आएका छन्।
मे १६ मा भएको वार्तापछि क्रेमलिनले सोमबार इस्तानबुलमा थप वार्ताको प्रस्ताव गरेको छ। किभले भने इस्तानबुलको बैठकमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताइसकेको छैन। उसले मस्कोलाई तत्काल आक्रमण रोकी युद्धविराम गर्न माग गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
