बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो।
काठमाडौँ– सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्न अन्तिम समयसम्म प्रयत्न गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएका छन्।
आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले नेतृत्वको नयाँ गठबन्धनको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो। यो निर्णयसहित शीर्षनेताहरु प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न राष्ट्रपति कार्यालय जाँदैछन्।
बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो। यो गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले पनि सघाउने भएका छन्।
बालकोटमा प्रधानमन्त्रीमा एमाले र माओवादीबीच आलोपालो गर्ने सहमति भएको छ। यद्यपि, नेताहरूले सहमतिपत्र तयार पारिरहेकाले यसबारे औपचारिक रूपमा केही बताएका छैनन्। अहिले दुवै पार्टीका दोस्रो तहका नेताहरू सहमतिपत्र तयार पार्न व्यस्त छन्।
नेताहरूका अनुसार साढे दुई वर्ष दाहाल प्रधानमन्त्री बन्ने र त्यसपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने गरी सहमतिपत्र तयार पारिँदै छ। त्यस्तै, एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
