कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव

कोशी, मधेश, बागमती र गण्डकीसहित अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले दिउँसो कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।