बैंकका तत्कालीन सीईओ रायलाई बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियाबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।
काठमाडौँ– कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार उनलाई पक्राउ गरेको हो।
बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेका उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरिएको प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।
सल्यान घर भई बाँके बस्दै आएका उनी रकम हिनामिना आरोप लागेपछि फरार थिए। उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
