‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा मञ्चन हुने

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा पनि मञ्चन हुने भएको छ।

काठमाडौँ– नाटक ‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा मञ्चन हुने भएको छ। अहिले शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ले अन्तर्राष्ट्रिय सांस्कृति यात्राअन्तर्गत युरोप टुर गर्न लागेको हो।

नाटकका लेखक तथा निर्देशक युवराज घिमिरेका अनुसार जर्मनीसँगै डेनमार्क, स्विडेनका विभिन्न शहरमा नाटक मञ्चन हुने छ। नाटक जर्मनीका पाँच, डेनमार्कका र स्विडेनका दुई/दुई शहरमा मञ्चन हुने छ। नाटक युरोपका यी शहरमा जुलाई ८ देखि अगस्ट १५ सम्म मञ्चन हुनेछ।

काठमाडौँमा भने आगामी जेठ २४ गतेसम्मका लागि नाटक मञ्चन अवधि बढाइएको छ। दर्शकको माग अनुसार नाटक मञ्चन अवधि बढाइएको शिल्पी थिएटरले जनाएको छ।