संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ।
संखुवासभा– संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ। भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा २५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन्।
शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित १२० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिंगो गाउँ नै अन्धकारमय भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। बाढीले विद्युत्गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्याएको छ।
बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ। बाढीका कारण ध्वस्त भएको विद्युत्गह बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए।
त्यस्तैगरी, बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ। बाढी खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ। बाढीले खाँदबारी–किमाथांका सडक खण्डमा करिब ५० मिटर कच्ची सडक पनि बगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
