विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको नेपाल प्रहरीले जनाएको छ।
काठमाडौँ– व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्। विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको नेपाल प्रहरीले जनाएको छ।
आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले त्यसबारे जानकारी गराउन आग्रह गरेको छ। यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको हो।
प्रहरीको सूचनामा भनिएको छ, "विभिन्न राइड शेयरिङ एप मार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं।"
यहीबीच, पठाओले भने आफ्नो एपमा कुनै पनि शुल्क वृद्ध नभएको प्रष्ट पारेको छ। कम्पनीले एक विज्ञप्ति नै जारी गर्दै भनेको छ,–"आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरु आइरहेका छन् जसमा पठाओको नाम समेत जोडिएको छ। हामी प्रष्ट पार्न चाहन्छौं कि हामिले नियमित शुल्क मात्रै लिएका छौँ तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन।" साथै, अफलाइन राइड नगर्न पनि सचेत गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
