सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा कायम भएको हो।
आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता शेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबर रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
विकास बैंक ०.२९, वित्त ०.१८, होटल तथा पर्यटन २.३९, लगानी २.२८, जीवन बीमा ०.२३, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.५९, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१२, निर्जीवन बीमा ०.१६ र व्यापार ०.३५ प्रतिशतले घटेको छ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स र पीअर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुपको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको २२ लाख दुई हजार ६७७ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
