चक्कु प्रहारबाट घाइते भएका वडाध्यक्ष ललितबहादुर शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मुगु– जुम्लाका तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ। सोही गाउँपालिका–४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला समूहमा आएका व्यक्तिले चक्कु प्रहार गरेका हुन्। यो घटना जेठ १८ गतेको हो।
चक्कु प्रहारबाट घाइते भएका ४२ वर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए। उनका अनुसार शाहीले आफूमाथि आक्रमण गर्न तीन जनाको नाम दिएका छन्। ती आरोपित २० देखि २५ वर्ष उमेर समूहका छन्। तीन जनामध्ये एक जनालाई प्रहरीले जुम्ला बसपार्कबाट पक्राउ गरेको छ। अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन।
त्यस्तै, सोही गाउँपालिका–३ का वडाध्यक्ष ३८ वर्षीय धनबहादुर शाहीमाथि पनि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ। “ममाथि ढुंगा, मुक्का प्रहार भएको हो। तर मेरो टाउकोमा हेल्मेट भएकाले त्यति चोटपटक लागेन। ५ नम्बर वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ। अहिले हामी अस्पतालमै उपचारमा छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
